विप्लवलाई नियन्त्रणमा लिएर देशमा शान्ति कायम गर्ने गृहमन्त्री थापा

काठमाडौं साउन ७ / गृहमन्त्रीले भने गणतन्त्रका प्रमुख चुनौती विप्लव, वार्तामा नआए नियन्त्रण गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव समूहलाई नियन्त्रण गरेर देशमा शान्ति कायम गर्ने बताएका छन्।

आर्थिक वर्ष २०७५/०७६ मा गृहमन्त्रालयमा प्रगतिविवरण सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सरकार अहिलेसम्म विप्वलाई नियन्त्रण गरेरै तह लगाउने रणनीतिमा लागेको बताएका छन् । गृहमन्त्रालयको मुख्य काम शान्ति सुरक्षा कायम गर्दै लोकतन्त्रको रक्षा गर्ने हो।

हामी शान्ति सुरक्षा कायम गर्न मूलभूत रूपमा सफल भएका छौँ मन्त्रिले भने,अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिवेदनले पनि त्यही बोलेका छन्। पूर्ण शान्ति छ भन्‍नेमा हामी पनि सहमत छैनौ। तर हाम्रो मान्यता भनेको राजनीतिक स्थायित्व हुनुपर्छ। गृहमन्त्री थापाले देशको स्थायित्व र स‌ंघीय गणतन्त्रको रक्षा गर्ने काममा विप्लवबाट चुनौती मिलेको पनि दाबी गरेका छन् ।

देशको स्थायित्व र प्राप्त राजनीतिक उपलब्धी, संघीयता र गणतन्त्रको रक्षा गर्न अहिले विप्लवबाट चुनौती मिलेको छ उनले भने यसलाई रक्षा गर्न अहिलेसम्म विप्लवहरूलाई नियन्त्रण गरेर मूलधारमा ल्याउनमा धेरै हदसम्म सफल भएका छौँ।

यसलाई पूर्णता दिँदै राजनीतिक स्थायित्व ल्याउन हामी सक्षम छौँ। अहिलेसम्म विप्लवलाई नियन्त्रण गर्ने नीति लिएका छौँ। गृहमन्त्री थापाले अहिलेसम्म५र६ सय भन्दा बढी विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिइसकेको जानकारी दिए। उनीहरुलाई हामीले कानुनी कठघरामा राखेका छौँ थापाले भने तर पनि हामी अझै वार्ताबाट पनि समाधानको कोशिशमा छौँ।

वार्तामा आउन आह्वान गरेका छौँ। अहिलेसम्म उनीहरू वार्तामा आउने निष्कर्षमा पुगेका छैनन् । गृहमन्त्रीले सरकारले नियन्त्रणको नीति लिएपछि विप्लवहरु वार्ताका लागि तयार भएर केही शर्त राखेको पनि बताए । वार्ताका लागि केही शर्त राखेका छन् भन्‍ने सुनेका छौँ उनले भने हामीले लिएको नियन्त्रणको नीतिले उनीहरू वार्तामा आउने वातावरण बनेको छ ।

तर यता विप्लव नेतृत्को नेकपाले सरकारविरुद्ध योजनावद्ध प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ। आफ्ना उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले सुतकै ठाउँबाट गिरफ्तार गरेको भन्दै नेकपा महासचिव विप्लवले आक्रोश व्यक्त गरेका छन्।

महासचिव विप्लवले सोमबार विज्ञप्ति निकालेर सरकारले सांगठनिक कामका क्रममा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा संकटकाललाई बिर्साउने गरी लामालाई गिरफ्तार गरेकोमा भर्त्सना गरेका छन्।

लोकप्रिय जनकलाकार तथा भ्याली इन्चार्ज लामासहित जेलमा रहेका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली सुदर्शनु लगायत सबै राजबन्दीलाई बिनासर्त रिहा नगरे योजनावद्ध प्रतिरोधमा उत्रिन्छौँ विप्लवले भनेका छन ९केपी०बादल प्रशासनले एकातिर वार्ताको कु प्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हानिरहेको छ।

यसले सरकार शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेल्न खोजेको पुष्टि हुन्छ। सरकारको गतिविधिले देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको बुझ्न सकिन्छ। उनले अब सरकारविरुद्ध नयाँ प्रतिरोधमा उत्रिन ढिला भइसकेको जिकिर गरेका छन्।

यदि यो सरकारले सुदर्शन लगायतका जेल चलान गरिएका सबै नेताहरु र माइला लामा लगायतका सबै गिरफ्तारीमा परेकालाई बिनाशर्त रिहा नगरे हाम्रो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुनेछ उनले भनेका छन् यसबाट निस्कने प्रतिफलको भागेदार स्वयम् यो सरकार हुनेछ ।


प्रतिक्रिया दिनुहोस्