गृहको गाडी लक गर्ने ट्राफिक प्रहरी स्पष्टिकरण दिँदादिँदै बेहोस भएर ढले–

काठमाडौं साउन ७ / ट्राफिक प्रहरीले ११ असारमा सिंहदरबारको पूर्वी गेट अगाडि जथाभावी पार्किङ गरेर राखिएको गृह मन्त्रालयका दुईवटा गाडीमा ‘ह्वील लक’ गर्यो । बा २ झ ४३८८ र बा २ झ ३४६ नम्बरको गाडीमा महानगरीय ट्राफिक प्रभाग अनामनगरका प्रहरी जवान टिकाराम बुढा र कमलेश कुमारले ह्वील लक गरेका थिए ।

पैदलयात्री हिँड्ने सडक किनारमा गाडी पार्किङ गरेर गृहका अधिकारी खाना खान गएका थिए । फर्केर आउँदा गाडीमा लक देखे । आफूहरु गृहको कर्मचारी भएकाले गाडीको लक खोल्न टिकारामलाई दबाब दिए । तर, उनले मानेनन् । बरु उल्टै उनले गाडीको कागजपत्र मागे । चालकले कागजपत्र दिन मानेनन् । ‘गृह मन्त्रालयको गाडी हो’ भन्दै ट्राफिक प्रहरीलाई थर्काउन खोजे ।

ट्राफिक प्रहरीले कागजपत्र नल्याउँदासम्म गाडी नछाड्ने अडान राखे । केही समयको रस्साकसीपछि ट्राफिक महाशाखाबाट एकजना प्रहरी नायव उपरीक्षक ९डिएसपी० को फोन आयो । त्यसपछि ट्राफिक प्रहरीका जवानले ह्वील लक गरेको गाडी बिना जरिवाना छाडिदिए ।

समाचार सार्वजनिक भएपछि जरिमाना
ट्राफिक महाशाखाबाट फोन आएर बिना जरिवाना छाडेको गृह मन्त्रालयको गाडीबारे समाचार सार्वजनिक भएपछि जरिवाना गरेको खुलेको छ ।

ट्राफिक प्रहरी स्रोतका अनुसार समाचार सार्वजनिक भएपछि ह्वील लक गरिएका गाडीका चालक ट्राफिक माहाशाखामै पुगेर जरिवाना तिरेका हुन् । तर, गृहका अधिकारीले प्रहरीमाथि अनावश्यक दबाब दिन भने नछाडेका ट्राफिक प्रहरी उच्च स्रोतको भनाइ छ ।

प्रहरी माथि नै कारबाही
यसरी नियम मिचेर सडकमा रोकिएको गृह मन्त्रालयको गाडीलाई ह्वील लक गर्ने प्रहरी जवान टीकाराम बुढा र कमलेश कुमारलाई केही युवाको समूहले १३ असारमा सडकमै दोसल्ला ओढाएर सम्मान गर्यो ।

उनीहरु दुबै जनालाई सामाजिक सञ्जालमार्फत बधाई दिनको आहिरो लागेको छ । यसरी सामाजिक सञ्जालमा ट्राफिक प्रहरीका जवानलाई बधाई र गृह मन्त्रालयका अधिकारीहरुलाई गाली आउन थालेपछि टिकाराम र कमलेशलाई स्पष्टिकरण सोधिएको छ ।


गृह मन्त्रालयले दबाब बढाएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक ९डिआईजी० शैलेस थापा क्षेत्रीको निर्देशनमा ट्राफिक महाशाखाले प्रहरी जवान टीकारा र कमलेशलाई ट्राफिक महाशाखामा बोलाएर स्पष्टिकरण सोधेको ट्राफिक प्रहरी स्रोतको भनाइ छ ।

यसरी स्पष्टिकरण दिने क्रममा टिकाराम बेहोस भएका एक ट्राफिक प्रहरीले नाम नछाप्ने शर्तमा उनले भने, ‘टिकारामलाई ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त पन्तले स्पष्टिकरण सोध्नुभएको हो । त्यसक्रममा टिकाराम ढले र अस्पताल नै भर्ना गर्नुपर्यो ।

स्रोतका अनुसार टिकाराम बेहोस भएपछि उनीमाथि गर्ने भनिएको कार्बाही रोकिएको छ ।तर, डिआईजी शैलेस थापाले भने गृहको गाडी लक गर्ने ट्राफिक प्रहरीमाथि कुनै कार्बाही नगरिएको दाबी गरेका छन् । यो खबर सिलापाटीमा प्रकाशित छ।


प्रतिक्रिया दिनुहोस्