काकाद्वारा १४ बर्षीया बालिका बलात्कृत ८ महिनाको गर्भ रहेको खुलासा

काकाद्वारा १४ बर्षीया बालिका बलात्कृत, ८ महिनाको गर्भ रहेको खुलासा भएको छ । खुम्बु पासाङल्हमु गाउँपालिका, २ लुक्लामा बस्दै आएका प्रकाश श्रेष्ठले आफ्नै भतिजीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएको थाहा भएपछि प्रहरीले २२ बर्षिय प्रकाशलाई प्रहरी चौकी लुक्लाले नियन्त्रणमा लिएको छ ।

कक्षा ६ मा पढ्दै गरेकी ती बालीका ८ महिनाको गर्भवती रहेको अस्पतालले जनाएको छ । खुम्बु पासाङल्हमु गाउँपालिका, २ लुक्लामा बस्दै आएका बालिकालाई आफ्नै काकाले पटक पटक बलात्कार गरी गर्भवती बनाएको थाहा भएपछि प्रहरीले २२ बर्षिय काकालाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान उनलाई घरैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धान र कार्बाहीका लागि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी चौकी लुक्लाले जनाएको छ । उक्त युवकले आफ्नै जेठा दाजुको छोरी माथि करणी गरेका हुन् । पिडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाए लगत्तै पिडित बालिकाको मौखिक बयानका आधारमा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार अभियुक्तले अपराध स्वीकार गरेका छन् । पिडित वालिकाको स्वास्थ्य परिक्षण गर्ने क्रममा चिकित्सकले उनको पेटमा ८ महिनाको शिशु हुर्किरहेको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्