कस्तो व्यक्ति लाई कोरिया सरकारले कामदारमा लाने गर्छ त ?

अरुण पोष्ट संवाददाता काठमाडौं साउन ८ / केहि समय यता देखि कोरियान परिक्षामा पास भएका नेपाली कामदार हरु के गर्ने कसो गर्ने अन्योलमा छ । तर कोरियाली सरकारले भने निकै कडाई रुपमा फिजिकलि मेन्टली जांच गरेर मात्रै कामदार लाने भएको छ । नेपाली कामदारमा डिप्रेसन र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ ।

स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले कोरियाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नीति लिएको हो ।

कोरियाले सन् २०२० जनवरी १ देखि लैजाने नेपाली कामदारको सीप परीक्षण गर्ने भएको छ । गत जुन ८ र ९ को भाषा परीक्षामा उत्तीर्ण भएका १२ हजार ९ जना सीप परीक्षणमा सहभागी हुनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्