नेपाल द्धारा मलेशिया ७ विकेटले पराजित

सिंगापुरमा जारी टी–२० विश्वकपको एशिया छनोटमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेट हराएको छ। नेपालका कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक व्याटिङको मद्दतले मलेसिलाई ७ विकेटले हराएको हो। वर्षाले प्रभावित बनाएपछि ९ ओभरमा घटाइएको खेलमा मलेसियाले ७ विकेटको क्षतिमा ८३ रन बनाएको थियो। टस हारेर ब्याटिङ थालेको मलेसियाका लागि सेयद अजिजले ३० रन बनाएका थिए । यस्तै भिरन्दीप सिंहले २१ रन बनाए।

कप्तान अहमेद फेजले ९ रन जोडे । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट लिए। सन्दीप लामिछाने र करण केसीले समान १÷१ विकेट लिए। ८४ रनको विजयी लक्ष्यसहित ब्याटिङमा आएको नेपाललका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरे। उनले २१ बलको सामना गर्दै ३ छक्का र ५ चौका हाने ।

त्यस्तै प्रदिप सिंह ऐरीले ११ रन बनाए। विनोद भण्डारी नटआउट १३ रन बनाए। मलेसियाका लागि मोहमद सेहदादले ३ विकेट लिए। नेपाललको अब अर्को खेलमा जुलाई २७ मा कुवेतसँग खेल्ने छ।


प्रतिक्रिया दिनुहोस्