बहुविवाहको उजुरीमा शिल्पा र छविराज विरुद्ध पक्राउ पूर्जी

काठमाडौं साउन ८ / निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। बहुविवाहको उजुरी परेपछि दुवैजनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारि दिए ।

पहिलो पत्नी हेमा ओझाले बहुविवाहको उजुरि गरे पछि यही कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गरेको हो। अदालतले दुवैलाई पक्राउ गर्न अनुमति दिएको एसएसपी उत्तम सुवेदीले बताए।

शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै छविविरुद्ध केही साताअघि काठमाडौं प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन्। त्यसको केही दिनपछि काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि फाइल गरेको सूचना बाहिरिएपछि हेमा प्रहरीकहाँ पुगेकी थिइन्। हेमाले बहुविवाहको मुद्दा दायर गरेपछि छवि शिल्पाको विवाद र सम्बन्धले नयाँ मोड लिएको छ।


प्रतिक्रिया दिनुहोस्