बाढी पीडितकहाँ कुनै पनि सरकार नपुगेको देउवाको गुनासो

काठमाडौं साउन ८ / प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढी तथा डुबान पीडित जनताकहाँ सरकार नपुगेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले पेश गरेको विशेष सार्वजनिक महत्त्वको प्रस्तावको समर्थनमा बोलेका देउवाले सरकार पीडितकहाँ नपुगेको आरोप लगाएका हुन्।

आफू तराईंका विभिन्न जिल्लामा गएको तर त्यहाँ सरकार राहत लिएर नपुगेको बताए। उनले स्थानीय सरकार पनि पीडित जनताकोमा नपुगेको बताए। उनले पाल, खाद्य, पानी लगायतका आवश्यक वस्तु नपुगेको बताएका छन् ।

देउवाले भने सरकार यस्मा गम्भिर भएर लाग्नुपर्ने हो तर कहीँ पनि लागेको छैन। सरकारबाट कहीँ पनि राहत पुगेन । डुबानको कारण भारतका बाँध रहेको भन्ने कुरा आएकोप्रति पनि देउवाले असहमति जनाए। उनले एकले अर्कोलाई गाली गरेर केही नहुने बताए। उनले भने भारतले नेपाललाई दोष दिने र नेपालले भारतलाई दोष दिने गरको छ।

कतिदिनसम्म चल्छ यो कुटनीतिक तवरबाट समाधान निकाल्नुपर्छ। एकले अर्कोलाई गाली गरेर हुँदैन। समस्या समाधान हुँदैन। नेपालमा वर्षापछि आएको बाढी र डुबानले भारतको बिहार लगायतका प्रदेशमा पनि प्रभाव परेको थियो। जसबाट सयौँ भारतीयको मृत्यु भएको थियो भने लाखौँ भारतीय पनि प्रभावित भएका थिए।

भारत सरकारले नेपालका कारण उक्त बाढी र डुबान भएको आरोप लगाएको थियो भने नेपालले भारतले सीमानामा अनधिकृत बाँध निर्माण गरेकाले नेपाली जमिन डुबानमा परेको आरोप लगाएको थियो। देउवाले आफूले भयावह स्थिति देखेको बताए।

उनले सरकारको अनुपस्थितिमा एनजिओ र आइएनजिओले काम गरिरहेको देखेको पनि बताए। सरकारले तटबन्द कमजोर बनाएको देउवाको छ । उनले विज्ञहरूको सुझाव लिएर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्