अपरिचित विदेशी नम्बरहरूबाट कल नउठाउन नेपाल दुरसञ्चारको अनुरोध

काठमाडौं साउन ९ / नेपाल दुरसञ्चार प्राधिकरणले विदेशी अपरिचित नम्बरहरूबाट आउने फोन नउठाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।विदेशका अपरिचित नम्बरहरूबाट नेपालका मोबाइल र टेलिफोनमा बारम्बार फोन र मिस्डकल आउने समस्या देखिएपछि दुरसञ्चार प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ।

‘त्यस्ता अपरिचित नम्बरहरूबाट आउने कलहरू नउठाउन तथा कलब्याक नगर्न र त्यस्ता नम्बरहरूबाट फोनकल आएको खण्डमा प्राधिकरणलाई जानकारी गराउनुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिएको छ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।पछिल्लो समय विदेशका अपरिचित नम्बरहरूबाट फोन आउन थालेपछि मोबाइल प्रयोगकर्ताहरूले हैरानी बेहोरेका छन्। कतिले त ति फोनमा रिप्लाई गरेर ठगिने गरेका छन्।


प्रतिक्रिया दिनुहोस्