रोनाल्डोको गोलसँगै युभेन्ट्स ४–३ विजयी

क्रिष्टियानो रोनाल्डोले फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि प्रिसिजन टुर अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कपमा इटालियन महारथि युभेन्ट्सले सिरी ए प्रतिद्वन्द्वी इन्टर मिलानलाई पराजित गरेको छ । चीनको नानजिङ ओलम्पिक स्टेडियममा बुधबार बेलुका भएको खेलमा युभेन्ट्सले इन्टरलाई टाईब्रेकरमा ४–३ गोलले हरायो ।

नानजिङ ओलम्पिक स्टेडियममा निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।

निर्धारित समयमा युभेन्टसका लागि क्रिश्चियानो रोनाल्डोले एक गोल गरेका थिए भने युभेन्टसकै माटियास डे लिटले एक आत्माघाती गोल गरेपछि इन्टर मिलानले उपहार पाएको थियो । टाइ ब्रेकरमा युभेन्ट्स ४–३ ले विजयी भयो । एजेन्सि


प्रतिक्रिया दिनुहोस्