भारतप्रति स्थानिय आक्रोशितहुदैं भत्काए नहर

काठमाडौं साउन ९ / लगाता् बर्षाको कारण पानीले निकास नपाएर गाउँ डुबेपछि स्थानीयहरुले बुधबार गण्डक नहरको डिल भत्काइदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ तर यस्मा भने सरकारको ध्यान गएको थिएन।

नहरकै कारण हजारौें बिघा धानखेती र सुस्ता गाउँपालिका–१ को महलबारी गाउँ डुबेपछि स्थानीय आक्रोशित छन् । लगातार तीन दिनदेखि वर्षा भएकाले गाउँमा बाढी आएको थियो । बुधबार झिसमिसेमा सबै मिलेर कोदालो र गैंचीले नहरको उत्तरी डिल भत्काइदिएको स्थानीय रामु न्यौपानेले बताए । बाढीको पानी नहरबाट निकास भएपछि जोखिम घटेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्