मेसीबिरुद्ध १५०० डलर जरिवाना

प्राय आफ्नो फुटबल करिअरमा सँधै शान्त रहने मेसी केहि साता अघि सम्पन्न भएको कोपा अमेरिका फुटबलमा एकाएक आक्रामक बने। कारण थियो आफ्नो फुटबल जिवनको दोस्रो रातो कार्ड र त्यसअघि ब्राजिलविरुद्ध सेमिफाइनल।

जहाँ मेसीले करिअरकै तनावपुर्ण अभिब्यक्ति दिए। कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई रातो कार्ड देखाइएको थियो। उनले उक्त खेलपछि दक्षिण अमेरिकी फुटबल भ्रस्टचारको सिकार भएको आरोप लगाए।

उक्त अभिब्यक्ति पछि विश्व फुटबलनै दुई खेमामा विभाजित भएको थियो। कतिपयले मेसीले विना आधार नबोल्ने भन्दै उनको सपोर्ट गरेका थिए भने कतिले मेसीले लज्जास्पद टिप्पणी गरेको भनेका थिए।

सोहि अभिब्यक्ति र रातो कार्डका लागि मेसीलाई दक्षिण अमेरिकन फुटबल संघले एक खेल र १५०० डलर जरिवाना गर्ने निर्णय गरेको छ। मेसीले खेलपछि प्रतियोगिता जित्ने टिम पहिलेनै तय भएको भन्दै ब्राजिलले प्रतियोगिता जित्ने बताएका थिए।

ब्राजिलले सेमिफाइनलमा अर्जेन्टिनालाई पराजित गरेको थियो। मेसीले दक्षिण अमेरिकन फुटबल संघ लाई भ्रस्टचारमा डुबेको भनेपछि उनीमाथि तीनवर्ष सम्म प्रतिबन्ध लाग्न सक्ने जनाइएको थियो।

मेसीले खेलपछि अवार्ड समारोहमा अवार्ड लिनपनि अस्वीकार गरेका थिए। संघले मेसीको भनाई अस्विकार्य भएको भनेपनि कडा प्रतिबन्ध लगाउन भने सकेन् मेसीले यो प्रतिबन्ध २०२२ को विशवकप छनोटको दौरान एक खेलमा झेल्नु पर्ने छ। एजेन्सि


प्रतिक्रिया दिनुहोस्