स्व-रविन्द्र अधिकारीको नाममा पुरस्कार स्थापन

अरुण पोष्ट संवाददाता काठमाडौं साउन ९ / ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल टान ले वार्षिक साधारण सभामा रविन्द्र अधिकारी नामक पुरस्कार वितरणगर्ने भएको छ । पुरस्कार भने पत्रकारिता टान पुरस्कार २५/२५ हजार २ जना
डा. हर्क गुरुङ पुरस्कार ५०,००० हजार
पासाङ ल्हामु पुरस्कार ५०,००० हजार
पेम्बा डोमा पुरस्कार १५,००० हजार
रविन्द्र अधिकारी पुरस्कार ६०,००० हजार दिने घोषणा गरेको हो ।


पुरस्कारहरुको छनौटको लागी भने बरिष्ठ पर्यटन व्यवसायी बोधराज भण्डारीको संयोजकत्वमा पुरुषकार छनौट समिति गठन गरेको छ । टानको ४१ औं बार्षिक साधारणसभा भने भाद्र २० गते हुने भएको छ । टान नेपालको पर्यटन क्षेत्रको सबै भन्दा ठुलो संस्था हो ।

समितिका सदस्यहरुमा पर्यटन व्यवसायीमा डम्बर पराजुली, पूर्ण चन्द्र भुसाल, ङावा ङिमा शेर्पा र शीतल चन्द्र धरेल रहेका छन । यस वर्षबाट सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय स्व-रविन्द्र अधिकारीको नाममा रविन्द्र अधिकारी पर्यटन नामक पुरस्कार स्थापन गरि वितरण गर्ने निर्णय गरियएको छ ।

मन्त्री अधिकारीको २०७५ साल फाल्गुण १५ गते ताप्लेजुङको पाथिभरा मन्दिरमा पुजा गरि फर्किन्ने क्रम्मा हेलिकप्टर दुर्घटनामा दुखद् निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्