दुवै मृगौलापिडित फियाकलाई आर्थिक सहयोग

काठमाडौं, / लिम्बू चलचित्र ‘केःसाङ्ला’ प्रर्दशन समितिले झापा जिल्ला कमल गाउँपालिका वडा नंं ३ निवासी दुवै मृगौलापिडित निर्मल फियाक लिम्बुको उपचारका लागि सहयोगार्थ १ लाख ८२ हजार रुपैया हस्तान्तरण गरेको छ । उक्त रकम हङ्कङ र युएईबाट प्राप्त भएको हो ।

चलचित्र ‘केःसाङ्ला’ प्रदर्शनको बेला फियाकलाई उपाचारार्थ रु १ लाख ६४ हजार हस्तान्तरण गरिसकिएको छ । सोही समितिले दक्षिण कोरिया र बेलायतबाट सहयोगी महानुभावहरुले पठाएको रु १ लाख ३२ हजार पनि विरामी फियाकलाई समितिले हस्तान्तरण गरेको थियो ।

त्यसैगरी चलचित्र केःसाङ्लाका निर्माता तथा मुख्य नायक भीम तुम्वाहाम्फेको अगुवाईमा हङ्कङ्बाट विभिन्न सहयोगी महानुभावहरुबाट संकलित नेपाली रुपैयाँ १ लाख १० हजार पनि विरामी फियाकलाई प्रदान गरिएको थियो ।

यसपटक हस्तान्तरण गरिएको रकम एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघका उपाध्यक्ष सुरेश बरालकोसम्योजक्तवमा – ४, जलजले, तेह्रथुममा जन्म भई धरान – १९, आनन्दमार्ग, सुनसरीमा स्थायी बसोवास रही हाल युएईको शेख दरवारमा सेक्युरिटी ईन्चार्जका रुपमा कार्यरत हरिन्द्र याक्थुङ्वा सिंगकले संकलन गरि पठाएका हुन् ।

हालसम्म केःसाङ्ला प्रर्दशन समितिको संयोजनमा देशविदेशबाट विभिन्न सहयोगी महानुभावहरुबाट प्राप्त रु ४ लाख ७८ हजार अत्यन्त नाजुक आर्थिक अवस्था भएका मृगौलापिडित फियाकलाई हस्तान्तरण गरिसकिएको छ ।

सोही रकम हस्तान्तरण कार्यक्रममा जानकारी गराईए अनुसार बिरामीको आमाले मृगौला दिने निश्चित भएको र निर्मल फियाक लिम्बूको मृगौला प्रत्यारोपण प्रक्रिया चाडै सुरु गरिने जानकारी प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस्