ओजिल र कोलासिनाकमाथि चक्कु आक्रमण

इंग्लिस फुटबल क्लब आर्सनलका फुटबलरमाथि हतियारधारी लुटेराले आक्रमण गरेर लुटपाट गर्ने प्रयास गरेका छन्। लन्डनको सडकमा आर्सनलका खेलाडीद्वय मेसुट ओजिज र सइद कोलासिनाकमाथि हतियारधारीले आक्रमण गरे पनि दुवै खेलाडी सकुशल रहेका छन्।

सोसल मिडियामा भाइरल बनिरहेको सिसिटिभी फुटेजमा कोलासिनाकले लुटेरालाई लखेटेको देखिएको छ।घटना लन्डनको गोल्डर्स ग्रिन नजिकैको प्लाट्स लेनमा अपरान्ह ५ बजे घटेको थियो।घटनापछि आर्सनलले विज्ञप्ती जारी गर्दै दुवै खेलाडी सकुशल रहेको जनाएको छ। एजेन्सि


प्रतिक्रिया दिनुहोस्