गोरखा जिल्लामा बैसाक १ गतेदेखि आर्थिक गणना शुरु हुने

गोरखा संबाददाता

गोरखा २२ चैत / गोरखा जिल्लामा पहिलो पटक आउदो बैसाक १ गतेदेखि आर्थिक गणना शुरु हुने भएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्याङ बिभाग राष्ट्रिय आर्थिक गणना २०७५ आउदो बैसाक देखि शुरु हुन लागेका जिल्ला तथ्याङ कार्यालय गोरखाका प्रमुख यज्ञमूर्ति भण्डारीले जानकारी दिनुभयो । संघ प्रदेश तथा स्थानिय तहसम्म प्रतिष्ठान तथा व्यवसायहरुको व्यवसायिक क्रियाकलाप सम्बन्धी बर्तमान अबस्था र यसका बित्तिय पक्ष सहित आधारभूत तथ्याङकहरु उपलब्ध गराउन आर्थिक गणना शुरु गर्न लागिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो । साथै योजना तर्जुमा र नीति निर्माण गर्न, राष्ट्रिय लेखा प्रणालीको सुदृढिकरण गर्न, व्यवसाय बिस्तार सम्बृद्धिको नीति तथा योजना तर्जुमा गर्न महत्वपूर्ण योगदान पुग्ने उद्देस्यले आर्थिक गणना गर्न लागिएको हो ।


जिल्ला तथ्याङ कार्यालयका प्रमुख भण्डारीका अनुसार यस गणनामा गोरखामा क्रियाशिल सवै आर्थिक इकाईहरु (प्रतिष्ठान तथा व्यवसायहरु) को ठेगाना, दर्ता तथा स्वामित्व स्थिती, व्यवसाय सन्चालन अबधी, व्यवसायको प्रकार, मुख्य क्रियाकलाप लगायत सम्पूर्ण बितरणहरु लिइनेछ । नेपालको इतिहासमा पहिलो पटक हुन लागेको यस गणनामा कागजी प्रश्नावली, फारमका साथै अनलाईन सर्वेक्षण मार्फत उत्तरदाताले आफ्नो व्यवसायको बिबरण आफै भर्न सक्ने र गणक मार्फत ट्यावलेट कम्युटर प्रयोग गरी गणना गर्न सकिने बिधि अपनाइने उहाँले जानकारी दिनुभयो ।

गणनाका लागि गोरखा जिल्लाका ११ स्थानिय तहका लागि ३८ जना गणक र ५ जना सुपरीबेक्षक परिचालन गरिने भण्डारीले जनकारी दिनुभयो । यस खालको गणनाले गोरखाको आर्थिक क्रियाकलाप अनुसारको प्रतिष्ठानहरुको कुल संख्या, प्रतिष्ठानहरुको बैधानिक स्थिती सम्बन्धी तथ्याङक, क्षेत्रगत प्रतिष्ठानको घनत्व, रोजगारीको स्थिती जस्ता सूचकहरु प्राप्त हुने बिश्वास लिइएको छ । यसै बिच आर्थिक गणनाका लागि जाने गणक तथा सुुपरीबेक्षकहरुको तालिम आज देखि शुरु भएको छ । गोरखा सदमुकाममा शुरु भएको तालिम ५ दिन सम्म चल्ने आयोजकले जनाएको छ । तालिमको एक कार्यक्रमका बिच जिल्ला समन्यव समितिका उपप्रमुख जानुका अधिकारीले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन कार्यक्रममा गोरखा नगरपालिका गोरखाका मयेर राजनराज पन्त जिल्ल प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारी बिभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्