पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन

अरुण पोष्ट संवाददाता लहान साउन १० / पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन भएको छ। सप्तरीको राजविराज नगरपालिका निवासी उनको शुक्रबार बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो। विसं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्री भएका थिए।

मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए। सिंहका दुई छोरा र छोरी छन्। उनका जेठो डा रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक छन्। स्व सिंहको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्