निर्मलाको दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघ द्धारा माईतीघर मण्डलामा प्रर्दशन

काठमाडौं साउन १० / निर्मलाको न्यायका लागि माइतिघरमण्डलामा नेपाल विद्यार्थी संघले प्रर्दशन गरेको छ।

कंचनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कार पछि हत्या भएको थियो। एक वर्ष सम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेको हो।

निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए। निर्मला हत्याको एक बर्ष भईसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुदै आएको छ ।

यता निर्मलाकि आमा भने निर्मलालाई जिउदो हैन बलात्कारी चिनाइदिनु भनेर सरकार संग आग्रह गरिरहेकी छिन । निर्मलाको यादमा आंसु बगाउदा आंसुनै रितिएको भन्दै गुनासो गरेको छ ।


प्रतिक्रिया दिनुहोस्