कोन्छोन्बी स्मृति कप खुल्ला पुरूष भलिबल प्रतियोगिता आजबाट सुरू

सोनाम याङ्जी शेर्पा सोलुखुम्बु साउन १० / सोलुखुम्बु समाजसेवी स्वर्गीय कोन्छोम्बी शेर्पाको सम्झनामा कोन्छोम्बी शेर्पा स्मृति कप आयोजना हुने भएको छ । पञ्चायती ब्यबस्था लागु हुनु भन्दा अगाडीको समयमै साविकको खुम्जुङ गा बि स क्षेत्रको समाजमा अतुलनीय योगदान पुर्याउनु भएको समाजसेवी स्वर्गीय कोन्छोम्बी शेर्पाको सम्झनामा विगत २६ बर्ष देखि आयोजना गर्दै आई रहेको खुल्ला पुरूष भलिबल प्रतियोगिता यश वर्ष पनि आयोजना गर्ने भएको हो ।


समुन्द्रि सतह बाट ३७८० मि। अग्लो उचाईमा आयोजना हुने प्रतियोगिता खुम्जुङ युवा क्लबले आयोजना गर्दै आई रहेको गाउँ पालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिनु भयो । खुम्बु पासाङल्हमु गाउँपालिका ४ खुम्जुङ युवा क्लवको प्राङ्गणमा हुने प्रतियोगिता साउन १० र ११ गते आयोजना हुने गा पा ४ का अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनु भयो । प्रवक्ता शेर्पाका अनुसार यो प्रतियोगिता सोलुखुम्बु जिल्लाकै सबैभन्दा पुरानो भलिबल प्रतियोगिता हो ।


प्रथम पुरस्कार सिल्ड मेडल र प्रमाण पत्र सहित नगद रू १ लाख
दोस्रो पुरस्कार सिल्ड मेडल र प्रमाण पत्र सहित नगद रू ६० हजार
तेस्रो पुरस्कार सिल्ड मेडल र प्रमाण पत्र सहित नगद रू ३० हजार
उत्कृष्ट खेलाडी लाई पुरस्कार सिल्ड मेडल र प्रमाण पत्र सहित नगद रू १० हजार
त्यसैगरी प्रतियोगिताबाट उत्कृष्ट खेलाडी लाई पुरस्कार सिल्ड मेडल र प्रमाण पत्र नगद रू १० हजार सहित सम्मान गरिने छ ।


प्रतिक्रिया दिनुहोस्