सरकारले वार्ता नचाहेको नेत्रविक्रम चन्द विप्लवको दावि

काठमाडौं साउन १० / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी को स्थायी समिति बैठकले सरकारले वार्ता नचाहेको निष्कर्ष निकालेको छ। केही दिनअघि सकिएको बैठकमा सरकारले वार्ताको हल्ला चलाएर आफ्ना नेता कार्यकर्तालाई दमन र गिरफ्तार गर्ने काम गरिरहेको भन्दै आफूहरुले पनि त्यसको प्रतिरोध गर्नुपर्ने निचोड निकालेको विप्लवनिकट स्रोतले जानकारी दिएको छ।

केन्द्रीय सदस्य गुणराज लोहनीले सभामुख कृष्णबहादुर महरा, हाल नख्खु कारागारमा रहेका केन्द्रीय सदस्य माइला लामाले सत्तापक्षीय नेकपा नेता केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेमार्फत् वार्ताको पहल गरिहेका थिए।

पोलिटब्यूरो सदस्य अनिल शर्मा ‘विरही केन्द्रीय सदस्य माइला लामा र गुणराज लोहनीको तीनवटा समूहले तीनवटै सम्पर्क सुत्रमार्फत् वार्ताको पहल गरिरहेका थिए।


प्रतिक्रिया दिनुहोस्