ताप्लेजुङमा पन्ध्र सय सवारी कारबाही

ताप्लेजुङ साउन ११ / जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले एक वर्षको अवधिमा पन्ध्र सय सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७५÷७६ मा ट्राफिक नियम उल्लङ्घन गर्ने उक्त सङ्ख्यामा सवारी साधनलाई कारबाही गरेको हो ।


ताप्लेजुङमा ट्राफिक प्रहरीको पछिल्लो प्रगतिलाई हेर्दा अघिल्लो वर्षभन्दा उल्लेख्य सफलता प्राप्त गरेको छ । आव २०७५÷७६ मा ट्राफिक प्रहरी कार्यालयले एक हजार ५०० सवारी तथा चालकलाई कारबाही गरेको जनाएको छ । सवारी कारबाहीसँगै ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि गरिएको कारबाहीबाट नौ लाख २३ हजार रुपियाँ राजस्व पनि सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।


ट्राफिक प्रहरी कार्यालय सवारी फाँटका प्रहरी जवान सागर दाहालका अनुसार आव २०७५÷७६ मा सवारी नियम उल्लङ्घन गर्ने १६ वटा बस, ११० वटा ट्रक, ३६१ वटा जिप, १६५ वटा ट्रयाक्टर, ८३८ वटा मोटरसाइकल र १० वटा अटो (टेम्पो) का चालक तथा सवारी धनी कारबाहीमा परेका छन् ।

अघिल्लो आव २०७४÷७५ मा भने एक हजार २०७ वटा सवारी, चालक र सवारीधनी कारबाहीमा परेका दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्ता वर्ष छ लाख ६१ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961