नेपालकै दोस्रो डांडा थोले देम्बामा गुम्बा निमार्ण हुंदै

मिङमा शेर्पा पाङकर्मा ओखल्दुङ्ग साउन ११ / पर्यटकिय दृष्टि र धार्मिक क्षेत्रका लागी भनि निमार्ण गरिरहेको गुम्बा नेपालकै दोस्रो डांडा ओखलढुंगा खिजिदिम्बा गांउपालिका वाड नं ७ देम्बा डांडामा गुम्बा स्तुपा निमार्ण भई रहेको सोहि निमार्ण कार्य समितिका सचिव आङ दावा शेर्पाले जानकारी दिनुभयो ।

पुस महिना देखि निमार्ण भईरहेको यो गुम्बा भने शेर्पा बुद्धिस्ट सिडुप केन्द्रका प्रमुख सेरप दोर्जे रिम्पोछेको अगुवाइमा निमार्ण भई रहेको जानकारी प्राप्त भएको छ । अहिले गुम्बा निमार्ण कार्य तिव्र गतिमा भईरहेको र यस गुम्बालाई २०७६ साल भित्रै निमार्ण गरि सक्ने पनि शेर्पाले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्