कुवेतविरुद्ध नेपालको जित


काठमाडौं साउन ११ / सिंगापुरमा जारी आइसिसी टि–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको एसिया फाइनलको खेलमा नेपालले कुवेतमाथि सात विकेटको सानदार जित निकालेको थियो। इण्डियन एसोसियसन क्रिकेट मैदानमा शनिबार बिहान भएको खेलमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र तीन विकेट गुमाएर पूरा ग¥यो।

जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले भोलि आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ। सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्नेछ। नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए। पारसले ६८ रनको अर्धशतकीय इनिङ्स खेले।

यस्तै, शरद भेषवाकरले अविजित ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाए। कुवेतका मुहमद कासिफले तीन विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाएको थियो। कुवेतलाई सस्तैमा रोक्न नेपालका सन्दीप लामिछाने र वसन्त रेग्मीले ३÷३ विकेट लिए। सन्दीपले ४ ओभरमा २१ रन खर्चिए भने वसन्तले २० रन खर्चिए।


प्रतिक्रिया दिनुहोस्