अज्ञात समुह द्धारा वडा कार्यलयको भवन आगजानी

काठमाडौं साउन १२ / बैरकोटमा रहेको वडा कार्यालयको भवनमा शनिबार राति अज्ञात समूहले आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीका अनुसार अज्ञात समूहले शनिबार राति करिब १ बजे वडा कार्यालयमा आगजनी गरेको हो। आगजनीबाट वडा कार्यालयमा भएका फर्निचर, काजगात तथा अन्य सरसामान नष्ट भएको छ।

आगजानी किन, कस्ले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक माझीले बताएका छन् । उनले भने घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी ग¥यो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ।’ आगजनीबाट उक्त वडा कार्यालयका वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको वडाध्यक्ष नरबहादुर बलायरले जानकारी दिए।

विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने डोटी प्रहरीको अनुमान रहेको छ। अज्ञात समूहको आगजनीपछि उक्त क्षेत्रमा अहिले जिल्ला प्रहरी कार्यालय डोटीसहित नजिकको प्रहरी चौकीबाट ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ। जिल्लामा उक्त वडा कार्यालयसहित अज्ञात समूहले बडीकेदार जोरायल गरी तीन स्थानीय तहका वडा कार्यालयमा आगजनी गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961