इतिहासमै पहिलो पटक नेपाली चलचित्र “सायाबुङ्” साउदीमा प्रदर्शन हुँदै (ट्रेलर सहित )

काठमाडौं १२ असार / मिथक किराँती संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र सायाबुङ् साउदी अरेबियामा बिशेष प्रदर्शन हुने भएको छ । किरात राई यायोक्खा शाखा साउदी अरवको विशेष आयोजनामा आउदै गरेको मुश्लिम धर्मालम्बिहरुको दोस्रो महान चाड बकर ईद्दको छुटिको अवसर पारेर बिशेष प्रदर्शन गरिने भएको हो।

दि पाल्म ग्रुप प्रा.ली.को ब्यानरमा साया राई को लगानी भगिराज राईको निर्देशनमा तयार पारिएको चलचित्र सायाबुङ् १३ अगस्ट २०१९ अपराहन्न १:०० बजे क्लासिक होटल अल खोबर साउदीमा प्रदशन हुनेछ्। यस अघि नेपाल लगायत अमेरिका,दार्जिलिङ सफलताका साथ चलचित्र सायाबुङ् प्रदर्शन भईसकेको छ । चलचित्रको प्रदर्शनीको तयारी तिब्र रुपमा अगाडी बढिरहेको किरात राई यायोक्खा शाखा साउदी अरवको उपमहासचिव रबिन थुलुङ्ग राईले जनकारी दिए । चलचित्र सायबुङ् को बिशेष प्रदशनीबाट जम्मा भएको रकम,क्रार्यक्रम आयोजना गर्दा लागेको खर्च कटाएर बांकी रहेको रकम बोनम्यारो पीडित शान्ती रार्इको उपचारको लागि सहयोग स्वरुप केही रकम उपल्ब्ध गराइने छ।

नेपाल दुताबास बाट प्रदर्शनको अनुमती लिइ सकिएको र दुताबास बाट एकजना प्रतिनिधि कार्यक्रममा उपस्थित गराईदिनु हुनको लागि निमन्त्रणा पत्रका साथमा फिल्म च्यारिटी शो को टिकट नेपाल दुतावासका नियोग उपप्रमुख दिलिप कुमार पौडेललाई बुझाई सकिएको उपमहासचिव रबिन थुलुङ्ग राईले बताए । किरात राई यायोक्खा साउदी अरव शाखाकाअनुसार किरात राई यायोक्खा साउदी अरव शाखाले सामाजिक सेवा संग संगै आफ्नो मौलिकता बोकेको र मौलिकता लाई बचाउनको निम्ती निर्माण गरिएको चलचित्र सायाबुङ् को बिशेष प्रदर्शनमा उपस्थिको लागि साउदी अरबमा रहेका सम्पूर्ण नेपालीहरुलाई आव्हान गरिएको छ ।

चलचित्रमा सौजन सुब्बा,निशा रार्ई , सगुन सुसारा,साया राई ,मदन दुमी राई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा भक्त सुनुवार र उदय नेम्बाङ लिम्बुको संगीत तथा दिपा लामा,दिपक लिम्बु र रजिना रिमालको स्वर, धनु ज्ञाङ्मी मगरको संगीत देबजङ्ग थापाको छायाङ्कन र सम्पादन रहेको छ ।

चलचित्रको ट्रेलर


प्रतिक्रिया दिनुहोस्