गायक उदित नारायणलाई ज्यान मार्ने धम्की

एजेन्सी साउन १३ भारतीय गायक उदित नारायणले पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की पाइरहेको बताइएको छ । उदितले दुई हप्ताअघि यसबारे पुलिसलाई जानकारी गराएको भारतीय संचार माध्यमले जनाएको छ । उनका अनुसार पछिल्लो एक महिनादेखि कोही व्यक्तिले उनलाई फोनमा क्षती पुर्याउने धम्की दिइरहेका छन् । तर फोन गर्ने व्यक्तिले पैसाको कुनै माग नगरेको बताएका छन् ।

यसबारे उजुरी दर्ता हुने बित्तिकै धम्की दिने व्यक्तिको खोजी भइरहेको छ । नम्बरको लोकेशन बिहार बताइँदै छ । पुलिसका अनुसार उदितलाई चोरी गरिएको मोबाइलबाट धम्की दिइँदैछ । हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार अब पुलिसको एउटा टिम बाहिर निस्किएर यो मामलाबारे अनुसन्धान गर्ने तयारीमा छ ।

उदित नारायण मुम्बईको अँधेरी वेस्टमा बस्छन् । दुई हप्ताअघि उदित नारायणले अंबोली पुलिस स्टेशनमा यसबारे उजुरी दर्ता गरेका थिए ।

अम्बोली पुलिस स्टेशनका सिनियर इन्सपेक्टरले आफूले उदित नारायणको बयान दर्ता गरिसकेको बताए । उनले भने, ‘उदित नारायणले उनलाई कोही व्यक्तिले फोन गरेर धम्की र गाली गरिरहेको बताए । हामी उदित नारायणको घर वरिपरि पहरा दिइरहेका छौं । पुलिसले साधारण पोशाकमा उदितको घर वरिपरि आउने मानिसहरुमाथि निगरानी राखिरहेको छ ।’

पुलिसका अनुसार पछिल्लो एक महिनामा उदितलाई एउटै नम्बरबाट तीन पटक फोन गरेर धम्की दिएका छन् । पहिलो फोन एक महिना अघि आएको थियो । दोस्रो कल १७ जुलाई र तेस्रो २३ जुलाईमा आयो ।

पुलिस अधिकारका अनुसार जो व्यक्ति उदितलाई धम्की दिइरहेका थिए उनको नाम लक्ष्मण हो । फोन गर्ने व्यक्तिले आफूलाई उदित कहिले घरबाट निस्कने, कहाँ जान्छन् ती सबैबारे जानकारी भएको र उनलाई ज्यान मार्ने धम्की दिइरहेको भन्दै धम्की दिए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961