पूर्वउपसचिवको घरमा गोली चल्यो

काठमाडौं साउन १४ / सिकार खेल्न प्रयोग गरिने इजाजतप्राप्त हतियारबाट पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको छ। कलंकीस्थित शर्माको घरमा सोमबार राति साढे ८ बजे टुटु राइफलबाट गोली चलेको हो। एकदमै कम दूरीबाट चलेको गोलीले शर्माको घरको तेस्रो तलाको सिसाको झ्याल छेडेको छ।

सिसा फुटेर केही चिजभित्र छिरेको आवाज आएपछि पढिरहेकी शर्माकी छोरी आत्तिएकी थिइन्। कोठामा सानो गोली फेला परेपछि प्रहरीमा खबर पुगेको थियो।

घटनामा कुनै क्षति भएन। घटना अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाले शर्माको घरमा इजाजतप्राप्त हतियार ‘टुटु’ राइफलबाट गोली चलेको बतायो। यो नियतवश गोली हानेको नभएर अचानक हतियार पड्केर निम्तिएको घटना भएको प्रहरीको अनुमान छ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961