आराम गर्न सिंगापुर जाँदै प्रधानमन्त्री

काठमाडौं साउन १५ / प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन् । निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् । एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण पनि गराउनेछन् ।

प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा। दिव्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ । केही दिन आराम गर्न र स्वस्थ्य उपचारका लागि प्रधानमन्त्री सिंगापुर जान लागेको उले बताइन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्