१२ वर्षीया बालिकाले गरिन आत्महत्या

अरुण पोष्ट संवाददाता गोरखा साउन १५ / गोरखाकी एक बालिकाले पासो लगाएर आत्महत्या गरेकी छिन् । शहीदलखन गाउँपालिका–७ मकैपुरकी १२ वर्षीया प्रशान्ता श्रेष्ठले बिहान साँढे सात बजे धुरीको बलोमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।

आमा पानी भर्न धारामा गएका बेला झुण्डेकी प्रशान्तालाई देख्ने बित्तिकै उनकी १० वर्षीया बहिनीले डोरी काटेको तर त्यतिबेला सम्म उनको मृत्यु भइसकेको स्थानीय पृथ्वीनारायण श्रेष्ठले जानकारी दिए। उनी न्यूहोराइजन बोर्डिङस्कूलमा कक्षा पाँचमा अध्ययनरत थिइन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बुंकोटबाट प्रहरी पुगिसकेको एसपी ओम अधिकारीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्