नयां नेतृत्वमा ङावा ङिमा शेर्पा टानको अध्यक्ष बन्ने संभवना ।

सोनाम याङजी शेर्पा काठमाडौं साउन १६ / नेपालको पर्यटन क्षेत्रमा क्रियाशील सबै भन्दा ठुलो संस्था ट्रेकिङ एजेन्सीहरुको छाता संगठन ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल टानको ४१ औं बार्षिक साधारणसभा यहि भाद्र २० गते हुन गैरहेको छ । टानको चुनावी महौलले यतिबेला ठमेल बजार पुरै तातेको छ ।


यस पटकको ४१ औं साधारणसभामा नयां नेतृत्वको चयन गर्न गैरहेको छ । नयां नेतृत्वको लागी अहिले पर्यटन व्यवसायीसंग सम्बद्ध भिविन्न संघ संगठनहरुमा तीब्र रुपमा छलफल भैरहेको छ भने कतिपयले व्यतिगत रुपमा उम्मेदवारीको घोषणा पनि गरि घोषणा पत्र पनि जारी गरि सकेको छ ।

अहिले सम्म बजारमा आएका नामहरु कुनै संगठनको आधिकारिक उम्मेदवार भने होइनन । यस बर्ष नेकपा समवद्ध पर्यटन व्यवसायी संगठनबाट पर्यटन व्यवसायी ङावा ङिमा शेर्पालाई भित्र भित्रै उम्मेदवार उठाउने तयारी गरेको छ । बिगत लामो समय देखी पर्यटन व्यवायमा संलग्न शेर्पाको ट्रेकिङ र होटलमा लगनी रहेको छ ।

शेर्पाको शोरा नेपाल एडभेन्चर नामक ट्रेकिङ कम्पनी र साउल हाउस भन्ने कोरियन रेष्टुरेन्ट संचालनमा छ । यस अघि चन्द्रप्रशाद रिजालको कार्यकालमा नेपाल प्रोमोशन विभाग सम्हालेका शेर्पालाई नेपालको पर्यटन क्षेत्रको समस्यहरुको बारेमा राम्रो जानकार मानिन्छ ।

नेपाल पर्वतारोहन संघ र टानको वर्तमान कार्यसमितिलाई जिताउन शेर्पाको उल्लेखनीय भुमिका छ । ओखलढुंगा पर्यटन बिकास समितिको अध्यक्ष समेत रहेको शेर्पा दर्जनौ संघ संस्था संग अवद्ध रहेको छन भने शेर्पा समुदयमा अत्यन्त राम्रो प्रभाव रहेको छ ।


प्रतिक्रिया दिनुहोस्