चार्जमा राखेको मोबाइलमा गेम खेल्दा करेन्ट लागेर किशोरको मृत्यु

मोरङ साउन १६ / चार्जमा राखेको मोबाइलमा गेम खेल्दा करेन्ट लागेर मोरङको लेटाङमा एक किशोरको मृत्यु भएको छ।बिहीबार राति बिहान लेटाङ नगरपालिका ३ का १५ वर्षीय सौजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

सो वडाको त्रिशुली चोकका राई साथीको घरमा गएका थिए। सुतिरहेको अवस्थामा राति ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्दा उनलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।घटना थाहा हुनासाथ प्रहरी जाँदा उनको मृत्यु भइसकेको थियो। घटनाबारे इलाका प्रहरी कार्यालय लेटाङले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्