अमेरिका र चीनबिच चर्कियो व्यापार युद्द

चीनको संघाईमा भएको अमेरिका र चीन बिचको व्यापार वार्ता सकिए लगत्तै दुई मुलुक बिचको व्युयापारद्द झनै चर्किएकोछ।
ट्रम्प द्वारा थप ३०० अर्ब डलर बराबरका चिनियाँ आयातमा नयाँ करको घोषणा
अमेरिकी वार्ताकारहरु अमेरिका पुग्ने बित्तिकै राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको वार्तामा प्रगति नभएको भन्दै थप ३०० अर्व डलर बराबरका चिनियाँ सामानमा नयाँ कर लगाउने घोषणा गरेका छन्।

ट्विटर मार्फत गरिएको यो घोषणामा आउने सेम्टेमवर महिना देखि चीनबाट आयात हुने थप ३०० सय अर्ब बराबरका सामानमा अमेरिकाले १० प्रतिशतले कर लगाउनेछ।

यस अघिनै अमेरिकाले चीनबाट आयात हुने २५० अर्ब डलर बराबरका सामानमा २५ प्रतिशत कर लगाइसकेकोछ। थप ३०० अर्ब डलर बराबरका सामानमा पनि कर लगाएपछि अमेरिकाले चीनबाट आयात हुने लगभर सबै सामानमा कर थप हुनेछ। अमेरिकाले पहिलो पटक सन् २०१८को जुन महिनामा २५० अर्ब डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेको थियो। त्यो कर सन् २०१९को जनवरीमा बढाएर २५ प्रतिशत पुर्याएको थियो।

त्यसपछि चर्कदो ुव्यापार युद्द’ साम्य पार्न दुबै मुलुकका प्रतिनिधीहरुले धेरै पटक छलफल गरेका छन्। तीन महिना अघि दुबै मुलुक सहमति नजिक पुग्न लागेको खबर आएका थिए। तर सम्झौता भने हुन सकेन।

अमेरिकाले दुई मुलुकका वार्ता टोली बिच बनेका सहमतिबाट चीन एकाएक पछि हटेको दाबी गरेको थियो भने चीनले त्यसको खण्डन गर्दै आएको छ।त्यसपछि लामो समय सम्म दुबै मुलुकबीच वार्ता हुन सकेन। गत जून महिनामा जापानको ओसाकामा भएको जी(२० मुलुकहरुको शिखर सम्मेलनका बेला ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङले भेटेर व्यापार वार्ता पुनः सुरु गर्न सहमति जनाएका थिए।

त्यहि भेटको परिणाम स्वरुप दुबै देशका प्रतिनिधिहरु बिच केहि दिन अघि चीनको संघाइमा वार्ता भएको थियो।केहि महिना अघि सम्म ब्यापार वार्ता टुंगोमा पुर्याउन हतारिएको चीन अहिले त्यस्तो हतारोमा देखिन्न।

ुव्यापार युद्द’ले चीनलाई शुरुमा अनुमान गरिए जस्तो असर नपुर्याउने भएपछि चीनले हतारमा सम्झौता नगर्ने रणनीति लिएको टिप्पणी अन्तराष्ट्रिय संचार माध्यममा आएका छन्।राष्ट्रपति ट्रम्पलाई भने सन् २०२०मा अमेरिकामा हुने राष्ट्रपति चुनावको हतारो र चिन्ता छ। अघिल्लो कार्यकालमा उनले चीनसँगको व्यापार घाटालाई चुनावको एउटा प्रमुख मुद्दा बनाएका थिए।

अमेरिकाको पक्षमा सम्झौता टुंग्याउन पाउदा उनलाई चुनावमा ठुलो फाइदा पुग्छ। साथै यो व्यापार युद्दले अमेरिकामा सबैभन्दा ठुलो नाक्सानी भटमास उत्पादक किसानहरुलाई पुर्याएकोछ। चीन अमेरिकाको सबैभन्दा ठुलो भटमास आयातकर्ता हो। अमेरिकी किसान राष्ट्रपति ट्रम्पका प्रमुख ठुला समर्थक हुन्।

चीनले पनि अमेरिकाले आफ्ना आयातमा लगाएको शुल्कको बदलामा अमेरिकाबाट आयात हुने भटमास लगायतका वस्तुमा कर थपेको छ। जापानमा राष्ट्रपति सीसँग भएको पछिल्लो बैठकमा ट्रम्पले चीनलाई अमेरिकाबाट तत्काल ठुलो परिणाममा भटमास किन्न मनाउने प्रयास गरेका थिए।

यसपालीको संघाई वार्तामा पनि चीनले अमेरिकाबाट भटमास किन्ने कुरामा कुनै आश्वासन नदिएपछि ट्रम्प रिसले चुर भएका छन्।चीनले पनि अब अमेरिकी राष्ट्रपतीको चुनाव सकिनु अगाडी सम्झैतामा पुग्न चासो नदेखाउने धेरै विश्लेषकहरुको अनुमान छ। एजेन्सि


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961