नेपाल नागरिक उडड्यन प्राधिकरणमा १४० जनालाई रोजगारीको अवसर

काठमाडौं साउन १७ / नेपाल नागरिक उड्यन प्राधिकरणले विभिन्न पदमा १ सय ४० जनालाई रोजगारीका लागि दरखास्त आव्हान गरेको छ। प्राधिकरणमा आर्थिक वर्ष २०७५ र ७६ मा रिक्त रहेका विभिन्न पदमा एक सय ४० जनालाई खुला दरखास्त माग गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार आर्थिक प्रशासनको प्रबन्धक पदमा २ जना, एयरवर्दिनेश प्रबन्धकमा २ जना, एयर ट्राफिक सर्भिसेसमा ३८ जना अधिकृतको माग गरिएको छ । एभियसन फायर सर्भिसेस सहायकमा ३० जनालाई रोजगारीको अवसर खुलेको छ । नेपाल नागरिक उड्यन प्राधिकरणको वेबसाइटबाट अनलाइमै दरखास्त दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्