बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २० जनाको मृत्यु

संयूक्त अधिराज्य अमेरिकाको टेक्सस राज्य स्थित अल पासो स्थित एक सपिङ् कम्प्लेक्समा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २० जनाको मृत्यु भएको छ।
घटनामा २६ व्यक्ति घाइते भएको त्यहाँका गभर्नर ग्रेग एबटले जनाएका छन्।
घटनामा संलग्न भएको भन्दै त्यहाँको प्रहरीले एक २१ वर्षिय संदिग्ध स्वेत पुरूषलाई नियन्त्रणमा लिएको छ। ती बन्दुकधारीले एके ४७ राइफलबाट वालसस्ट्रिटको सपिङ कम्प्लेक्स प्रवेश गरेर अन्धाधुन्द गोली प्रहार गरेका थिए।

आक्रमणकारी २१ वर्षिय प्याट्रिक क्रुसियस भएको टेक्सस प्रहरीले जनाएको छ। आक्रमणपछि ती बन्दुकधारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।
सो आक्रमण त्यहाँको स्थानिय समय अनुसार ११ बज्न केहि मिनेट अगाडि भएको बताइएको छ। सो स्थान स्थानियमाझ चर्चित क्षेत्र हो र त्यहाँ सपिङ सेन्टरसँगै रेष्टुरेन्टहरू समेत रहेकाले सप्ताहन्तमा मानिसहरूको भीडभाड हुने गर्दछ।

आक्रमण हुँदा त्यहाँ मानिसहरूको बाक्लो उपस्थिति थियो। अमेरिकाको संघिय जाँच ब्यूरो एफबिआई ले घटनाको जाँच गरिरहेको छ। आक्रमणकारी क्रुसियसले शुक्रबार नै सामाजिक संजालमा यस्तो घटना घटाउने चेतावनी दिएको भेट्टाएको छ। प्रारम्भिक अनुसन्धानमा यो जातिवादी आक्रमण भएको अनुमान गरिएको छ, यध्यपी यसबारेमा जाँच चलिरहेको छ।

‘मलाई राम्रोसँग थाहा छ, मिडियाले मलाई गलत तरिकाले चित्रित गर्न खोज्नेछन् तर तिमीहरु सबैलाई सत्यता थाहा हुनेछ । सायद आज म मर्नेछु,’ क्रुसिएसले लेखेका छन् ।बन्दुकधारीले पहिलो गोली चलाएको ६ मिनेटपछि पुलिस घटनास्थल पुगेको थियो । पुलिसको नियन्त्रणमा आएपछि उनले आत्मसमर्पण गरेका थिए ।

पुलिस अधिकारीले उनलाई पक्राउ गर्नेबेला कुनै गोली नचलाएको अधिकारीले बताएका छन् ।उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरिएको छ ।

यस्तै घटनास्थलबाट अर्का एकजनालाई पनि पक्राउ गरिएको छ । उनको घटनामा प्रतक्ष्य वा परोक्ष कुनै संलग्न छ छैन भनेर अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ ।
डेल सोल मेडिकल सेन्टरले आफ्नो हस्पिटमा ११ जना पीडित आएको जसमध्ये ९ जनाको स्थिती गम्भीर तर स्थिर भएको बताएको छ ।दुई वर्षे बालकसहित दुईजनालाई एल पासो चिल्ड्रेन हस्पिटल ट्रान्सफर गरिएको बताएको छ । एजेन्सि


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961