पूर्व युवराज्ञी हिमानीको सहयोग पाउने, दैवी उद्धार कोष खडा

अरुण पोष्ट काठमाडौं साउन १९ / हिमानी ट्रष्टको नाममा सामाजिक कार्य गर्दै आएकी पूर्व युवराज्ञी हिमानी शाहले दैवी विपतीमा परेकाहरुको सहयोगका लागि ‘दैवीप्रकोप उद्दार कोष’ स्थापना गरेको घोषणा गरेकी छन् ।

आज पत्रकार सम्मेलन गर्दै हिमानीले पूर्व औहरी अग्नीपीडित, पश्चिम खरा बाढीपीडित तथा कैलाली महेन्द्रनगर र सुर्खेतका पीडितहरुलाई यो कोषबाट सहयोग दिने हिमानीले जनाएकी छन् ।

२०७२ सालको भूकम्पमा पनि हिमानी ट्रष्टबाट जनताको सेवा गरेको भन्दै उनले प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरुको पनि सोही रुपमा सेवा गर्ने घोषणा गरेकी हुन् ।

त्यस्तै पूर्वराजा ज्ञानेन्द्रको सन्देशहरुको संग्रहबाट बिक्री भएको रकम पनि पीडितहरुलाई खर्च गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्