सुन जस्तो देखिने पहेंलो धातु सहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २० साउन / चिनियाँ नागरिक राहदानी नम्बर ईसि ५४३८६६६ बाहक LININGXI लाई १/१ किलो तौलका ४ थान सुन जस्तो देखिने पहेंलो धातु सहित आइतबार राति प्रहरीले पक्राउ
गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रागन एयरको उडानबाट हङकङ हुँदै काठमाडौं
आएका उनलाई भन्सार रेड च्यानल एक्सरे एरियामा जाँच गर्ने क्रममा लगेजमा लुकाई
ल्याएको उक्त धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्