छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

काठमाडौं, २० साउन / काठमाडौं, धनुषा, बारा, कपिलवस्तु, बर्दिया र रोल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काठमाडौं, टोखा नगरपालिका(९ म्याग्दीचोकस्थित सडकमा बा. ५३ प ९६५४ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीया रानी श्रेष्ठ आइतबार दिउँसो मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकीले बिनायक अस्पताल गोंगबु लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ । चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, क्षिरेश्वरनाथ नगरपालिका(५ अजनवा बस्ने २६ वर्षीय सत्य नारायण मुखियाले
चलाएको अनटेस्ट मोटरसाइकलमा सवार उनकी भाउजु करिब २९ वर्षीया सरिता देवी
मुखिया आइतबार दिउँसो मोटरसाइकलबाट अचानक खस्न गई गम्भीर घाइते भएकीले जानकी
मेडिकल कलेज रम्दैया पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । चालक र
मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका(१७ कनकपट्टीस्थित सडकमा ज। १० प
३७२० नम्बरको मोटरसाइकल आइतबार साँझ सडक किनारको कुलोमा खसेर दुर्घटना हुँदा
गम्भीर घाइते भएका चालक शहिदनगर नगरपालिका(४ ननपट्टी बस्ने ३० वर्षीय सुजित
पासवानलाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै
मृत्यु भएको छ ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका(२४ स्थित सडकमा ना.५ त ६९०३
नम्बरको ट्रयाक्टरले ना.२४ प ९६६८ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर
दिंदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार ४ वर्षीय राहुल यादवको न्यूरो अस्पताल
बीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । मृतक राहुल मोटरसाइकल चालक सोही ठाउँ
बस्ने ३५ वर्षीय बन्नु यादवको भतिजो रहेको खुल्न आएको छ । दुवै सवारी साधन नियन्त्रणमा
लिई फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी कार्य गरिरहेको छ । कपिलवस्तु, कपिलवस्तु नगरपालिका(६ रामनगरस्थित सडकमा ना।४ ख १८९६ नम्बरको बसको ढोकाबाट आइतबार साँझ खस्न गई गम्भीर घाइते भएका बाणगंगा नगरपालिका(८ मोर्मी बस्ने ३५ वर्षीय सहचालक मधुसुधन पाण्डेको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ । चालक र बसलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।

बर्दिया, गुलरीया नगरपालिका(११ लालपुरस्थित सडकमा भे.३ प ३०७ नम्बरको
मोटरसाइकल दुर्घटनामा परी चालक गेरुवा गाउँपालिका(६ बस्ने २७ वर्षीय चालक राम शंकर
कुसुम्माको मृत्यु भएको छ । आइतबार साँझ युपी ४० क्यु ९५२३ नम्बरको मोटरसाइकलले
अचानक ब्रेक लगाएको कारण राम शंकरको भे.३ प ३०७ नम्बरको मोटरसाइकल अनियन्त्रित
भई बिजुलीको पोलमा ठोक्किन जाँदा गम्भिर घाइते भएका उनको उपचारको लागि जिल्ला
अस्पताल हुँदै नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै
मोटरसाइकल र युपी ४० क्यु ९५२३ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।

रोल्पा, माडी गाउँपालिका(२ ब्याङखोलास्थित सडकमा रा।१ त २८९० नम्बरको
ट्याक्टर आइतबार राति सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा
सवार ट्याक्टरधनी सोही ठाउँ बस्ने ४० वर्षीय तुल बहादुर बाठाको घटनास्थलमै मृत्यु भएको
छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्