विभिन्न धनमाल सहित चोरी कार्यमा संलग्न ६ जना पक्राउ

काठमाडौं, २० साउन / काठमाडौं महानगरपालिका(१५ डल्लुमा विभिन्न व्यक्तिहरुको कोठामा भएको चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा चोरी कार्यमा संग्लन ६ जनालाई महानगरीय प्रहरी बृत्त
स्वयम्भूबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(१८ नरदेवी बस्ने कालिकोट धौलागोह गाउँपालिका(३ घर भएका १८ वर्षीय निराजन रोकाय र उनका ५ जना साथी रहेका छन् ।
उनीहरु ६ जनाका बिभिन्न स्थानमा रहेका कोठाबाट लागूऔषध चरेश करिब १ सय
२८ ग्राम‍ ,नाइट्रोभेट १ सय २० ग्राम, सुन जस्तो देखिने चुरा १ जोर, झुम्का २ जोर, जन्तर १
थान, मंगलसुत्र २ थान, तिलहरी १ थान, सानो(ठूलो गहनाका पाता ६ थान, मोवाइल १ थान
र आईफोन सिक्स १ थान प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्