ताप्लेजुङ समाजले दियो पर्यटन मन्त्री योगेश भट्टराईलाई शुभकामना तथा बधाई (भिडियो सहित)

काठमाडौं २०, श्रावण / ताप्लेजुङ समाज नेपालले नवनियुत्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई शुभकामना तथा बधाई दिएको छ ।

ताप्लेजुङ समाज नेपालको जम्बो टोली सोमबार मन्त्रालयमै पुगेर मन्त्री भट्टराईलाई शुभकामना तथा बधाई दिएका थिए । बधाई कार्यक्रममा पूर्व सभासद,बिशिष्ट ब्यात्तित्व,समाजसेवी,ब्यावसायी लगायतको बाक्लो उपस्थिति थियो ।

मन्त्री भट्टराईले आफु चुनौतीपुर्ण घडिमा यहाँ आईपुगेको र बिभिन्न चुनौतीहरुको बिषयमा बिभिन्न सञ्चार माध्यम,सामाजिक संजालबाट धेरै साथीहरुले सचेत गराईरहेको बताए । जिल्ला बिशेषका कामहरु आफु आए पनि नआए पनि हुने नै थियो तर आफु यो ठाँउमा आएपछि कामले स्पिड लिने विश्वास दिलाउनु भयो ।

साथै मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई र शुभकामना दिने क्रममा सार्वजनिक भएका केही तस्बिरलाई लिएर अन्यथा ढंगले गलत प्रचार गरिएको भन्दै आफूप्रति अन्यथा नबुझिदिन आग्रह गरेका छन। पर्यटनमन्त्री भट्टराईलाई एक महिलाले बधाई तथा शुभकामना दिने क्रमको एउटा तस्बिर अहिले सामाजिक संजालमा ‘भाइरल’ भएको छ। उनले कार्य व्यस्तताका कारण आजबाट शुभकामना तथा बधाईका लागि समय उपलब्ध गराउन नसक्ने भन्दै आगामी दिनमा सल्लाह र सुझावका लागि सम्पर्क गर्ने पनि बताएका छन्।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्