रवि लामिछानेको पूर्व सहकर्मी सालिकराम होटेलमा झुण्डिएको अवस्थामा फेला

चितवन, साउन २१ / पत्रकार सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेका छन् । चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेको एसपी दान मल्लले जानकारी दिएका छन् ।

एसपी मल्लको अनुसार उनको साथमा भेटिएको माउन्टेन टेलिभिजनको परिचय पत्र र होटेलमा टिपाएको नामको आधारमा उनी पत्रकार पुडासैनी रहेका हुन् । उनी रवि लामिछोको पूर्व सहकर्मी समेत हुन् । उनी न्युज २४ बाट प्रसारण हुने सिधाकुरा जनतासँगमा कार्यक्रमा अवद्ध थिए । एक महिना अघि मात्रै न्युज २४ छाडेर माउन्टेन टेलिभिजन गएका थिए ।

एसपी मल्लको अनुसार सोमबार दिउँसो करिब ३ बजे काठमाडौँबाट आएका उनले होटेल बुकिङ गरेर बसेको थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

ढोका नखुलेपछि होटेलले प्रहरीलाई खबर गर्‍यो । लगत्तै पुगेको प्रहरीले ढोका तोडेर हेर्दा एक युवा झुन्डिएको अवस्थामा फेला पारेको थियो । घटना स्थलमै रहेका प्रहरीको जानकारी अनुसार कोठाको पंखामा नाइलनको डोरी प्रयोग गरी पासो लगाएको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो ।


प्रतिक्रिया दिनुहोस्