खाल्डोमा मोटरसाइकल खस्दा एकको मृत्यु

धनुषा साउन २१ / धनुषाको कनकपट्टिमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ कनकपट्टिस्थित अविरल वर्षातले आएको बाढीले बनाएको खाल्डोमा खसेर शहिदनगर नगरपालिका वडा नम्बर ४ ननुपट्टि बस्ने ३० वर्षिय सुजित पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरबाट कनकपट्टि जाने बाटोमा रहेको खाल्डोमा परी आइतबार राति मोटरसाइकल दुर्घटनामा परेका थिए । मोटरसाइकल दुर्घटनाबाट गम्भीर घाईते भएका उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

गत असारमा अविरल वर्षातले आएको बाढीका कारण सडक बगाएर बनाएको खाल्डो खतरनाक भएपनि स्थानीय सरकारले कुनै चासो नलिएकै कारण अप्रिय घटना भएको स्थानीयवासीहरु आरोप छ ।ज १० प ३७२० नम्बरको मोटरसाईकल सहित पासवान खाल्डोमा खसेका थिए । मृतक पासवानको शव जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्