सुकेटार बिमानस्थलमा नेपाल एअरलाईन्सको नयाँ जहाजको उडान परीक्षण सफल

अरुणपोष्ट संवाददाता

ताप्लेजुङ २१ साउन / ताप्लेजुङस्थित सुकेटार बिमानस्थलमा नेपाल एअरलाईन्सको नयाँ जहाजले सफल परीक्षण उडान गरेको छ। करिव डेढ महिनापछि मंगलबार नेपाल एअर लाईन्सको चाईनिज बिमान वाइ-१२ ई(Y-12 E)  ले परीक्षण उडान भरेको हो। यो उडान पूर्वी पहाडी क्षेत्रमै पहिलो भएको नेपाल वायु सेवा निगमले जनाएको छ।

निगमका यहाँस्थित स्टेशन ईञ्चार्ज राजु कार्कीका अनुसार यो जहाजले पश्चिम नेपालका पहाडी भेगमा भने उडानको सफल परीक्षण गरेको छ। मौसम अनुकुल नहुँदा सुकेटार बिमानस्थलमा असार ४ गतेपछि कुनैपनि उडान हुन सकेको थिएन। यहाँ नेपाल एअर लाईन्सले सातामा दुईदिन काठमाडौ–ताप्लेजुङ–काठमाडौ उडान तालिका राखेको थियो।

तर पछिल्लो डेढ महिनासम्म उडान हुन नसकेको खडेरी चिर्दै मंगलवार नेपाल एअर लाईन्सको चाईनिज बिमानले सफल उडान परीक्षण गरेको छ। पाइलट एन शेर्पाले थ्९ज्ञद्द भ् जहाजका लागि सुकेटार बिमानस्थल अनुकुल पाइएको प्रतिक्रिया दिएको नेपाल वायु सेवा निगमको यहाँस्थित स्टेशनले जानकारी दिएको छ। स्टेशन इञ्चार्ज कार्कीले मौसम अनुकुल नहुँदा स्थगित भएका नेपाल एअर लाईन्सका उडान मौसममा सुधार आएसंगै पुन नियमित हुने बताए।

ताप्लेजुङ संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको गृह जिल्ला पनि हो। परिक्षण उडान भएकाले जहाजमा चालक दलका सदस्य मात्रै रहेको प्रहरी नायव उपरिक्षक सञ्जयसिंह थापाले बताए ।


प्रतिक्रिया दिनुहोस्