सडक निर्माण हुन नसकिएको भन्दै चाबहिल बौद्ध व्यापारी प्रदर्शनमा उत्रिए

काठमाडौं साउन २१ / चाबहिल बौद्ध सडकक्षेत्रका स्थानीबासी मंगलबार विरोधमा उत्रिएका छन्। करिब ४ वर्षदेखि निर्माण थालेर अलपत्र छाडिएको सडक क्षेत्रका बासिन्दा प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुले यसअघि पनि पटक पटक विरोध प्रदर्शन गर्दै आएका छन्।

स्थानीयबासी र व्यापारीले अवरुद्ध गरेको चाबहिल बौद्ध सडकखण्डमा स्थानीय उत्रिएपछि मंगलबार करिब २ घण्टा यातायात प्रभावित भएको थियो । सरकारी निकायले एक महिनाभित्र बाटो पिच गर्न सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिएपछि स्थानीयले यातायात खुलाएका हुन् ।

केही समयअघि स्थानीयको आन्दोलनकै कारण काम सुरु भएको थियो। त्यसयता कुनै पनि सडक निर्माण नभएको कारण देखाइ आन्दोलनमा उत्रेका थिए। पिच नगरेपछि ढल फुटेर बाहिर निस्कँदा यहाँका बासिन्दा हैरान भएका छन्। सडकको अवस्थामा कुनै सुधार नभएपछि उनीहरु आन्दोलनमा उत्रिएका थिए। बौद्बबासीले लामो समसयसम्म धुलो र हिलोको सास्ती खेप्नुपरिरहेको छ। अब लामो सयम यो हैरानी भोग्न नसक्ने स्थानीयको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961