कस्मिर बाँडेर राष्ट्रिय एकता हुँदैन : राहुल गान्धी

दिल्ली साउन २१ / मोदी सरकारले ल्याएको जम्मु कस्मिरलाई राज्यको मान्यताबाट हटाएर केन्द्रशासित क्षेत्र बनाउने र कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गर्ने प्रस्तावबारे भारतको लोकसभाबारे छलफल भइरहेको छ।

प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले यस्तो प्रस्ताव ल्याएर संविधानको उल्लंघन गरेको बताएको छ। कंग्रेसका पूर्वअध्यक्ष तथा सांसद राहुल गान्धीले जम्मु कस्मिरलाई टुक्राएर दुई केन्द्रशासित क्षेत्र बनाएर भारतको राष्ट्रिय एकता विस्तार नहुने तर्क गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्( एकतर्फी रूपमा जम्मु कस्मिरलाई बाँडेर राष्ट्रिय एकता विस्तार हुँदैन। जनप्रतिनिधिलाई जेलमा बन्द गर्नु हाम्रो संविधानको उल्लंघन हो। यो राष्ट्रको निर्माण यहाँका नागरिकबाट भएको हो र धर्तीका टुक्राहरूले होइन। यो कार्यकारी शक्तिको दुरूपयोग हो र हाम्रो राष्ट्रिय सुरक्षाका लागि चिन्ताजनक हो।यसअघि सोमबार भारतको उपल्लो सदन राज्य सभाले सरकारको प्रस्ताव बहुमतले पारित गरेको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्