युद्धमा सेनासँग बाँचेका लडाकु बाँदरले लियो ज्यान

अरुण पोष्ट संवाददाता साउन २१ अर्घाखाँची अर्घाखाँची को मालारानी गाउँपालिका–२, मरेङ्ग गाउँमा एउटा साहसिक युवाको नाम थियो विजयी कुँवर । उनी १० बर्षे माओवादी जनयुद्धका पूर्वलडाकु थिए । सेना समायोजनपछि वर्हिगमित भएका उनी पाल्पा लगायतका धेरै भिडन्तहरुमा भिँडेको पूर्व माओवादी एवम् स्थानियवासी टिकाराम आचार्य बताउँछन् ।

यसरी सेना प्रहरीसँग धेरै भिडन्तहरुमा भिडेर बाँचेका ३६ वर्षीय कुँवरको मंगलवार विहान बाँदरसँग भिड्ने क्रममा भिरबाट लडेर ज्यान गएको छ । किसानहरुको मकै बालीमा यतिबेला बाँदर आतंक बढेको छ । त्यही बाँदर आतंक निस्तेज पार्न गाउँवासीबाट खटिएका कुँवर बाँदर लखेट्दै जाँदा बारीको डिलबाट चिप्लिँदा भिरबाट लडेर मृत्यु भएको स्थानीयवासी तथा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए ।

घरको आर्थिक अवस्था नाजुक भएपछि अहिले विहान गाउँवासीले चन्दा उठाएर गाडीमा कुँवरको शव पोष्टमार्टमका लागि गुल्मीको सदरमुकाम तम्घासस्थित जिल्ला अस्पतालमा ल्याईपुर्याएका छन् ।परिवर्तनका लागि जनयुद्ध लडेका कुँवरको अहिले किरिया खर्च चलाउने उपाय समेत नभएकोले नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष भुसाल सहितका स्थानियवासीले सबैसँग सहयोगको अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्