रहेनन् अब गायक नोर्देन तेन्जिङ

काठमाडौं साउन २१ / बेलायतमा द हिमालयन ब्यान्डका गायक नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ । उनको मृत्यु बेलायतको अल्डरसटस्थित निवासमा भएको हो । उनलाई सन् २००६ मा घाँटीको क्यान्सर भएको थियो । आफ्नो जीवन तमासा जस्तै भयो भनेर गीत गाउने भुटिया अब यो संसारमा छैनन्।


फर्किहेरे मेरो जीवन तमासा जस्तो भो,
सम्झिहेरे सपना त अधुरै अधुरो।
डर लाग्छ मलाई त यहा विश्वासमा अल्झिन
कर लाग्छ आज मलाई मायालु तिमीलाई बिर्सनु।


नेपाली संगीतमा फरक स्वादको शैली भित्राउने संगीतकार तथा गायक भुटियाको सोमबार लण्डनमा निधन भएको हो। हिमालयन व्याण्डलाई स्थापना गर्ने संस्थापक गायक भुटिया मुसुमुसु हाँसी देऊ लै लै’, फर्किहेरे जीवन तमासा, गाजलुले आँखा छोप्ने, कहा तिम्रो मायालुलाई छाडिराख्यौ, चिसो बतासले लगायतका गीतका कारण पनि चर्चित थिए।

उनको मुसुमुसु हासिदेऊ वोलको गीत अझैसम्म पनि चर्चित छ। यो गीतले उनलाई नेपाली संगीत आकाशमा स्थापित गर्यो।
सन् १९५० मा भारतको खस्र्याङमा जन्मिएका भुटिया ब्रिटिस आर्मीमा आवद्द थिए। पछिल्लो समय बेलायतमै रिर्टायड लाइफ बाचिरहेका भुटियालाई केही वर्ष अघि घाटीको क्यान्सर देखिएको थियो।

नेपाली संगीतमा नयाँ मेलोडिलाई खोज्दै गीतारको प्रयोग पहिलोपटक यो व्याण्डले गरेको थियो। संगीतकार राजु सिंह तेन्जिङ भुटियाको सम्झना गर्दे भन्छन्, भारतमा जन्मिएर पनि नेपाली संगीतमा झुकाव राख्ने भुटिया नेपाली भाषालाई माया गर्थे।


संगीतमा फरक खालको मेलोडी र शैली भित्राउने श्रेय उनलाई जान्छ। सायद हिमालयन व्याण्डको स्थापनापछि नै हो नेपाली संगीतमा गीतारको प्रयोग शुरु भएको।’
सन् १९७१ मा बेलायती सेनामा भर्ती भएपछि सन् १९७३ मा साथीहरु विजय थापालगायतसँग मिलेर ‘हिमालय ब्यान्ड’ खोलेका थिए ।
उनका दुई छोरी, एक छोरा र श्रीमती छन् ।

व्याण्ड सञ्चालनका लागि पुराना बाजाहरु किनिका थिए। गीत तयार गर्न अघि उनी मजाले ट्युनमा खेल्ने गर्थे। संगीतकार सिंहका अनुसार नयाँ शैलीको मेलोडी र ट्युन सिर्जना गर्न उनी मन पराउथे।


प्रतिक्रिया दिनुहोस्