पछिल्ला मिसाइल परीक्षण अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी

उत्तर कोरियाली शासक किम जोंग उनले हालैको मिसाइल र हतियार परीक्षणबारे मुख खोलेका छन् ।न्यूज एजेन्सी केसीएनएका अनुसार किमले मंगलबार आफ्नो उक्त परीक्षण एक तरिकाले अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी भएको बताएका छन् ।

उनले दुबै देशको संयुक्त युद्धाभ्यासलाई उत्तर कोरियासँग भएको सम्झौताको उल्लंघन बताएका छन् । अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यास सोमबार सुरु भएको थियो ।

दक्षिण कोरियाका जोइन्ट चीफ अफ स्टाफले उत्तर कोरियाले कम दुरीको ब्यालेस्टिक मिसाइल दागेको जानकारी दिएका छन् । किमले मंगलबार यो परीक्षणको निगरानी गरे । पछिल्लो दुई हप्तामा यो चौथो परीक्षण हो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्