पेट्रोल राखिएको स्थानबाट आगो फैलिन्दा बालुवाटारस्थित सुविसुको भवनमा आगलागी

काठमाडौं साउन २२ / राजधानीको बालुवाटारस्थित एक घरमा भीषण आगलागी भएको छ। चिनियाँ राजदूताव अगाडितर्फ रहेको भवनमा आगलागी भएको हो। इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको जानकारी महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

ज्ञवालीका अनुसार पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको हो। भीषण आगलागी भएको सुबिसु केबल नेटवर्कको मुख्य कार्यालयमा कम्तीमा २०० कर्मचारी कार्यरत रहेको अनुमान गरिएको छ। यो भवनमा स्याटेलाइट कक्ष र जेनेरेटरसहितका उपकरणहरू रहेका छन्।

आगलागी भएको स्थानबाट नेपाल राष्ट्र बैंक र प्रधानमन्त्रीको सरकारी निवाससहितका अन्य कार्यालय पनि रहेका छन्। आगलागी भएपछि त्यहाँ प्रहरीको टोली पुगिसकेको छ । आगो निभाउन, काठमाडौँ र ललितपुरसहितका दमकल पुग्दैछन्। आगो मध्यान्ह १२ बजेर ४० मिनेटदेखि सुरु भएको हो । क्षतिको विबरण आउन बांकी


प्रतिक्रिया दिनुहोस्