विश्वकै शानदार विमानस्थल बनाउने सपना छ :योगेश भट्टराई

काठमाडौं साउन २२ / मन्त्री भट्टराइले मङ्गलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै बहुचर्चित बाराको निजगढ विमानस्थलको विकल्प आफूले नखोज्ने स्पष्ट पारेका छन् । ‘निजगढ विमानस्थलको विकल्प खोज्दिँन । त्यहाँको सुकुम्बासी टाँगिया बस्ती व्यवस्थापन गरिन्छ । उनीहरुलाई नाङ्गो आकाशमुनि राख्दैनौ मन्त्री भट्टराईले थपे, ‘म विध्वंश गर्न आएको हैन, विश्वकै शानदार विमानस्थल बनाउन आएको हँु ।’


नव नियुक्त सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू विध्वंश मच्चाउनका लागि मन्त्री नबनेको नभई विश्वकै शानदार विमानस्थल बनाउने सपना बोकेर आएको बताएका छनउनले निजगढ विमानस्थल निर्माण प्रक्रिया चलिरहेका बेला वातावरणविद्हरुले चासो देखाएकोप्रति आफू जानकार रहेको समेत बताएका छन् ।

‘म वातावरण संरक्षणप्रति सचेत छु,’ मन्त्री भट्टराईले विमानस्थल निर्माणका क्रममा समस्याका रुपमा देखिएको सुकुम्बासी बस्ती व्यवस्थापनका लागि आफूले स्थानीय सरकारसँग समेत कुराकानी गरेर निष्कर्षमा पुग्ने जानकारी गराएका छन् ।

उनले वन मन्त्रालयसँय समन्वय गरेर विमानस्थल निर्माणको काम अघि बढाउने बताए । ‘यसका लागि–२ नम्बर प्रदेश सरकारसँग पनि छलफल गर्छु । यसको आर्थिक सुनिश्चितता पनि खोज्नु पर्छ यसका लागि लगानी बोर्ड पनि सम्बन्धित भएकोले बोर्डसँग छलफल गर्छु’, मन्त्री भट्टराईले भने ।
उनले दोस्रो चरणमा त्रिभुवन विमानस्थल २१ घण्टा सुचालु गर्ने योजना रहेको भन्दै धावनमार्गको काम सन्तोषजनक रुपमा भएको बताएका छन् ।

उनले ट्याक्सी वेको निर्माण बाँकी रहेको आफूले पाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाअनुसार नै बुटिक एयरपोर्ट बनाउन र एयरपोर्टको स्तरोन्नती गर्ने काम अघि बढेको बताएका छन् ।उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७३ प्रतिशत सकिएको र पोखरा विमानस्थलको काम ४५ प्रतिशत सम्पन्न भएको जानकारी पाएको बताएका छन् ।

पोखरा विमानस्थलको काम २०२१ जुनमा सक्ने गरि काम गराउने उनले प्रतिबद्धता जनाए । त्यस्तै मन्त्री भट्टराइले ३ वटा डोमेस्टिक एयरपोर्ट रात्रिकालीनसञ्चालनको प्रयास थाल्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । आफूले निगमका कर्मचारीहरुलाई कामका बारेमा स्पष्ट जारकारी गराईसकेको बताउँदै भने, ‘मैले अब अलमल र लर्याङ्ग लुरुङ्ग गरेका हुँदैन भनेर स्पष्ट भनिसकेको छु ।’


प्रतिक्रिया दिनुहोस्