श्रीमान्, छोरीले स्यालुट गरेर अन्तिम विदाईगरे सुष्मा स्वराजलाई (फोटो सहित)

भारतकी पूर्व विदेशमन्त्री एवं भाजपाकी नेता सुष्मा स्वराजको बुधबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरियो । दिल्लीस्थिती लोधी रोड शवदाह केन्द्रमा प्रधानमन्त्री मोदीसहित थुप्र्रै दिग्गज नेताको उपस्थितीमा उनको अन्तिम संस्कार गरिएको हो ।

सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजले उनको अन्त्येष्टी गरेकी हुन् । यतिबेला बाँसुरीसँग उनका पिता र सुष्मा स्वराजका श्रीमान् स्वराज कौशलको पनि उपस्थिती थियो ।
सुष्माको अन्तिम विदाईमा राष्ट्रपति राम नाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला, राजनाथ सिंह र अमित शाहलगायतका नेता उपस्थित थिए ।

स्मरण रहोस्, सुष्मा स्वराजको मंगलबार राती निधन भएको थियो । उनी ६७ वर्षकी थिइन् । कार्डिएक अरेष्टका कारण मंगलबार राती ९ बजेर ३५ मिनेटमा उनलाई एम्स भर्ना गरिएको थियो । राती साढे १० बजे एम्सले मेडिकल बुलेटिन जारी गर्दै उनको निधनको जानकारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्