अज बढ्दै विप्लवको गतिविधि

बैतडी साउन २३ / पछिल्लो समय बैतडीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाको समूहका गतिविधि बढ्न थालेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। जिल्लाका दुर्गम भेगका स्थानीय तहमा विप्लव समूहको गतिविधि बढ्दै गएकोले सुरक्षा सतर्कता अपनाएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिएका छन्।

उनीहरूका गतिविधि देखिएको भनिएका दुर्गम गाउँ बस्तीमा प्रहरीको गस्ती जनशक्ति थपेर पठाउन थालिएको छ। जिल्लाको पुर्चौडी र डिलाशैनी क्षेत्रमा सुरक्षा प्रहरीले उच्च सतकर्ता अपनाएको बैतडी प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले बताएको छ । पुर्चौडीमा कुँडीधारमा साउन १५ गते राती एनसेलको टावरमा आगजनी र तोडफोड साथै साउन १७ गते डिलाशैनीको मठैराजमा रहेको नेपाल टेलिकमको टावरमा आगजनी भएपछि उक्त क्षेत्रमा कार्यकर्ताको गतिविधि बढेको खबर आएको थियो। त्यसपछि त्यसक्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ।

उक्त ठाउँमा भएका एनसेल र नेपाल टेलिकमको टावरमा आगजनीका घटनामा विप्लव समूहकै संलग्नता रहेको आशंका प्रहरीले गरेको छ। यसअघि कैलालीको धनगढीमा सम्पन्न सुरक्षा गोष्ठीमा पनि विप्लव समूहका गतिविधि बढाउन नदिनेसम्बन्धी छलफल भएकको थियो। त्यसैअनुसार सुरक्षाव्यवस्था पनि चुस्तदुरुस्त बनाएको प्रहरी प्रमुख पाण्डेको भनाई छ।

जिल्लाका कुनै पनि स्थानमा अवाञ्छित घटना हुन नदिन जिल्ला सुरक्षा समितिले सुरक्षा योजना तयार पारेको छ। जनशक्ति अपुग भएमा माथिल्लो कार्यालयमा तत्काल जानकारी गराएर थप मद्दत माग गर्ने समेत समितिले निर्णय गरेको छ। विप्लव समूहमा संलग्न दुई जना पक्राउ यसैबीच बैतडी प्रहरीले एक महिनाको अवधिमा विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका दुवैजनालाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। साउन १९ गते पुर्चौडी नगरपालिका ३ सल्लेबनका ४६ बर्षीय नैन सिंह धामी पक्राउ गरि राज्यविरुद्धको कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको छ। उनलाई साउन १५ गते राती पुर्चौडीको कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोडमा संलग्न रहेका आशंका गरिनुका साथै तालाबन्दी र चन्दा असुलीमासमेत संलग्न रहेको आरोप लागेको छ। य

सका साथै गत असार २३ गते पनि प्रहरीले पाटन नगरपालिका १० हतास घर भइ विप्लवको युवा विद्यार्थी संगठनका केन्द्रीय सदस्य श्यामप्रसाद भट्टलाई पनि पक्राउ गरेको थियो। पक्राउ परेका भट्टलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाएर बैतडी जिल्ला अदालतले ४० हजार धरौती तोकेको थियो। धरौटी तिर्न नसकेर भट्ट हाल कारागार चलान भएका छन्।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै बैतडीमा पनि पक्राउ गर्न थालिएको हो। यसका साथै गत फागुन २८ को मन्त्रिपरिषदको बैठकले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने गरी उसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो। एक सय २२ थान हतियार बरामद बैतडी प्रहरीले चार महिनाको अवधिमा १२२ थान हातहतियार संकलन गरेको छ।

गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियानअन्तर्गत् जिल्ला प्रहरी कार्यालय, मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा उक्त हातहतियार संकलन गरीएको हो। संकलित हतियारमध्ये ११८ थान एकनाले भरुवा बन्दुक र ४ थान बारबोर रहेको बैतडीका प्रहरी प्रमुख ,प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। संकलित हतियार सबै इजाजतप्राप्त रहेका प्रहरीले जनाएकोे छ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961